ad ad

राजनीति


बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं

बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं

चिनियाँ राष्ट्रपति सी चिनफिङ र तालिबानका प्रवक्ता सुहेल शाहीन


नेपालखबर
असार ३०, २०७८ बुधबार १९:१८,

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा पछिल्लो समय सिर्जना भएको परिस्थितीमा टिप्पणी गर्दै अफगानिस्तान गृहयुद्धबाट बच्नु पर्ने र विद्रोही तालिबान समूहले सबै आतंकी गुटसँग सम्बन्ध तोड्नुपर्ने बताएका छन्।

समाचार संस्था पीटीआईका अनुसार ताजिकिस्तान भ्रमणमा रहेका यीले त्यहाँका विदेशमन्त्री सिरोजिद्दिन मुहरिद्दिनसँग राजधानी दुशान्बेमा भेटगर्दै त्यसो बताएका हुन्।

यीले मुहरिद्दिनसँगको भेटपछि पत्रकारहरुसँग अफगान राष्ट्रपति असरफ गनी सरकारले देशमा राष्ट्रिय एकता, सामाजिक सन्तुलन र सर्वसाधारणको जीवनशैली राम्रो बनाउन उचित मूल्यांकन गर्नुपर्ने पनि बताए।

अन्तर्राष्ट्रिय राजनीतिलाई नजर राख्ने पर्यवेक्षकका अनुसार चीन तालिबानलाई खतरा मान्दैन र चीनले तालिबानलाई सहयोगीको रुपमा लिँदै आएको छ। 

तर चीन यतिबेला चरमपन्थी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट ईटीआईएमका सयौं लडाकुहरु अफगानिस्तानमा संगठित हुने खबरबाट चिन्तित छ। यी लडाकु मुख्यगरी अफगानिस्तानको बदख्सान प्रान्तमा एकजुट छ। यो प्रान्तको ९० किलोमिटर सीमा चीनको सिनजियाङसँग जोडिएको छ। 

संयुक्त राष्ट्रसंघले एक रिपोर्टमा ईटीआईएमका लडाकुहरु अफगानिस्तानमा सक्रिय देखिएको बताएको थियो। चीनको चिन्ता यो हो कि यी लडाकुहरु सिनजियाङ प्रान्तमा प्रवेश गर्न सक्छन्।

चीनले सिनजियाङका उइगर मुस्लिममाथि ज्यादती गरेको उनीहरुको मानवअधिकार उल्लंघन गरेको खबरहरु आएका छन्। यसबीचमा ईटीआईएम समूहले चीनमा प्रवेश गरेर त्यहाँ विद्रोह गर्ने लक्ष्य राखेको बताइन्छ।

तालिबान के भन्छ?

चीनलाई तालिबान अन्य विद्रोहीसँग मिल्ने चिन्ता लागेपछि तालिबानले चीनको चिन्ताहरु निराधार भएको बताएको छ।

तालिबानका प्रवक्ता सुहेल शाहीनले चीनको चिन्ता निराधार भएको बताउँदै आफ्नो संगठनले चीनलाई सहयोगीको रुपमा देखेको बताए।

उनले चाँडै अफगानिस्तान पुनः निर्माण गर्न चीनसँग सहयोग लिने र चीनको लागानी खोज्ने पनि उल्लेख गरे।

शाहीनले तालिबानले उइगर अलगाववादी मानिएका लडाकुहरुलाई आफ्नो भूमिमा सक्रिय हुन नदिने र त्यस्ता लडाकु आफ्नो भूमिबाट चीन घुस्न नसक्ने पनि बताए।

अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु अफगानिस्तानबाट फर्किन थालेपछि कट्टरपन्थी इस्लामिक समूह तालिबानले त्यहाँको अधिकाँश क्षेत्र कब्जामा लिन थालेको छ। बीबीसीहिन्दी

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए

आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .