नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (शुक्रबार) स्थायी कमिटीको बैठक बोलाएका छन्।
सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हाे। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
‘भोलि ११ बजे स्थायी कमिटीको बैठक बस्दैछ’ एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बस्न लागेको हो।’
ओलीले शुक्रबार तीन बजे संसदीय दलको बैठक बोलाएका छन्।
नेपाल पक्षले भने पार्टीभित्र देखिएको बिबादको विषयमा सहमति नहुन्जेलसम्म अध्यक्ष ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएको छ।
129
Shares
प्रतिक्रिया