ad ad

राजनीति


महन्थले भने : देउवा जनादेशले होइन, अदालतको परमादेशबाट प्रधानमन्त्री

महन्थले भने : देउवा जनादेशले होइन, अदालतको परमादेशबाट प्रधानमन्त्री

नेपालखबर
साउन ३, २०७८ आइतबार २०:३६,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा जनादेशबाट प्रधानमन्त्री नबनेको टिप्पणी गरेका छन्। दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठकमा आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'देउवाजी जनादेशले प्रधानमन्त्री भएको होइन। उहाँ अदालतको परमादेशबाट प्रधानमन्त्री बनेको हो', ठाकुरले भने, 'जसपाको चाहनाअनुरुप काम नभएमा यो सरकार जहिले पनि ढल्न सक्छ।'

ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत पनि दिने घोषणा गरे। उनले देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। यसअघि पनि जसपासहितका मधेसवादी दलहरुले कयौँ पटक समर्थन गरे पनि आफ्ना मागहरु पूरा नभएकोमा उनले चित्त दुखाए। 

ठाकुरले उल्टै विगतका सरकारहरुले मधेसवादीमाथि दमन गरेको गुनासो गरे। ‘हामीले पटक पटक मत त दिँदै आएका छौँ। तर हामी उत्पीडितले केही पाउँदैनौँ', उनले भने, 'प्रधानमन्त्री त परमादेशले नै बनेको हो, जनताको आदेशले भएको होइन।'

संविधानले अझै पनि आफ्ना मागहरु नसुनेको उनले बताए। अहिलेको अस्थिरताको जड पनि संविधानलाई नै दिएका छन्। 'हामीले सुरुदेखि नै संविधान बेठीक छ भनेका थियौँ', उनले भने, 'तर हाम्रा माग अझै पनि सुनिएन। तर अहिलेको संकटको कारण नै संविधान हो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .