ad ad

राजनीति


गगन र धनराजसहित कांग्रेसका १० नेताको वक्तव्य : पार्टीभित्रै न्यायका लागि फेरि धर्ना बस्नु नपरोस्

नेतृत्वबाट असुरक्षित हुने अवस्था अन्त्य गर्न माग
गगन र धनराजसहित कांग्रेसका १० नेताको वक्तव्य : पार्टीभित्रै न्यायका लागि फेरि धर्ना बस्नु नपरोस्

नेपालखबर
साउन ५, २०७८ मंगलबार २०:५३,

सत्तारुढ नेपाली कांग्रेसका १० जना नेताहरुले पार्टी भित्रैको नेतृत्वबाट कार्यकर्ताहरूले असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।

कांग्रेसका १० केन्द्रीय सदस्यहरुले मंगलबार संयुक्त वक्तव्य निकालेर यसो भनेका हुन्। जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममै प्रहार भइरहेको भन्दै उनीहरुले न्यायका लागि धर्ना नै बस्नु पर्ने अवस्था दु:खद रहेको उल्लेख गरे। 'पार्टीभित्रै न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्था अन्त्य हुनुपर्छ', उनीहरुले भनेका छन्। 

यसरी संयुक्त विज्ञप्ति निकाल्नेमा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन्। 

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा केही दिनयता नेता कार्यकर्ताहरु धर्नामा बसेका छन्। कांग्रेसको आसन्न महाधिवेशनका लागि अझै पनि क्रियाशील सदस्यताको विवाद सुल्झिन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .