ad ad

राजनीति


महेश बस्नेतले दिए खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

महेश बस्नेतले दिए खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

नेपालखबर
साउन ११, २०७८ सोमबार ६:१०,

वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्।

लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्।

संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको आशंकासमेत गरेका छन्। 

आफूलाई विगतमा संकटकालको बेला मण्डले र निरंकुशताका पक्षधर शाही सेनाले परोक्ष धम्कि दिने गरेको स्मरण गर्दै अहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .