राजनीति


'स्थानीय तहलाई प्रदेश मातहत राख्न सिफारिस भएकै छैन'

'स्थानीय तहलाई प्रदेश मातहत राख्न सिफारिस भएकै छैन'

नेपालखबर
साउन २३, २०७८ शनिबार २२:२०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने गरी कुनै पनि सिफारिस नभएको स्पष्टीकरण दिएका छन्। 

पाँच दलीय गठबन्धनको सरकारलाई सघाउन गठित कार्यदलका संयोजकसमेत रहेका खड्काले त्यस किसिमको कुनै सिफारिस नभएको बताएका हुन्। 

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सत्तारुढ गठबन्धनबाट सार्वजनिक साझा न्यूनतम् कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रावधान राखेकोमा आपत्ति जनाए लगत्तै उनको यस्तो धारणा आएको हो। 

'वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी हिजोदेखि निरन्तर प्रचारित झूटा खबरबाट सिर्जित अन्योललाई प्रष्ट पार्नु हाम्रो कर्तब्य ठानेका छौँ', खड्काले भनेका छन्, 'संविधान विपरीतको सिफारिस कार्यदलले कल्पना गर्न सक्दैन।'

शनिबार मात्रै स्थानीय तहसँग सम्बन्धित तीन संगठनले राजधानीमा पत्रकार सम्मेलन गरेर सत्तारुढ गठबन्धनको प्रस्तावमा गम्भीर आपत्ति जनाएका थिए। तीनवटै संस्थाका अध्यक्षले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्ने कार्यक्रम ल्याएको भन्दै त्यसको डटेर विरोधमा उत्रिने, उक्त प्रस्तावलाई अस्वीकार गर्ने जनाएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad