ad ad

राजनीति


महाधिवेशन सार्नेबारे कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

महाधिवेशन सार्नेबारे कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७८ शुक्रबार ९:१५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बिहान ११ बजे बस्ने भएको हो। 

निर्धारित समय (भदौ १६–१९) मा पार्टीको १४औं महाधिवेशन सम्भव नदेखिएपछि हिजोदेखि कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा छलफल भइरहेको हो। 

हिजोको बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैधता सकिने भएकाले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। सार्नै परे पनि असोजभित्र चाहिँ महाधिवेशन सक्नैपर्ने सुझाव कपितय नेताले दिएका छन्। 

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका विभिन्न प्रस्तावमा बोल्न बाँकी सदस्यले धारणा राख्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .