लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर एमालेले नवलपरासीका सांसद अजय शाहीलाई स्पष्टीकरण मागेको छ।
लुम्बिनी प्रदेश सभामा एमाले सचेतक भूमिश्वर ढकालले पत्र लेखेर सांसद शाहीलाई ३ दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेका हुन्। अन्यथा कारबाही गर्ने चेतावनी दिइएको छ।
शाहीलाई गठबन्धनको प्रदेश सरकारले बिनाविभागीय मन्त्री बनाएको छ। शाहीले नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिह्न लिएर चुनाव जितेका हुन्।
हेर्नुहोस्, पत्र–
174
Shares
प्रतिक्रिया