राजनीति


कांग्रेसका जिल्ला सभापति को कता?

कांग्रेसका जिल्ला सभापति को कता?

केशव सावद
साउन २९, २०७८ शुक्रबार २१:४०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सामु आगामी भदौ २३ गतेभित्र १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

मुलुकको संविधान र पार्टीको विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन हुन नसक्ने देखिएपछि आइपरेको वैधानिक संकटका बारेमा नेताहरु चिन्ता जनाउँदै आएका छन्।

पार्टीमा देखिएको वैधानिक संकटप्रति चिन्ता प्रकट गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूले संघीय राजधानी काठमाडौंको ठमेलस्थित यात्री होटलमा दुई दिन गुटको भेला आयोजना गरे।

सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको भेलामा ३८ जना जिल्ला सभापति भौतिक रुपमा र १७ जना जिल्ला सभापतिहरूले ‘भर्चुअल मिटिङ’मार्फत् ऐक्यबद्धता जनाएको पौडेल समूहले दाबी गरेको छ।

आगामी भदौ २३ भित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक परिस्थितिमा सहजीकरण गरेर उपयुक्त निकास दिएर अधिवेशन सम्पन्न गर्नका लागि नेतृत्वलाई सुझाव दिन आफूहरुले छलफल गरेको पौडेल समूहको भनाइ थियो।

पौडेल समूहको भेला सम्पन्न भएको एक दिनपछि सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिहरूले पनि ललितपुरको कुपण्डोलस्थित समिट होटलमा ‘काउन्टर’ भेला आयोजना गरे।

पौडेलनिकट जिल्ला सभापतिहरूको दुई दिने भेलाले महाधिवेशन नहुनुमा सभापति देउवालाई दोषी देखाएपछि संस्थापन पक्षीय जिल्ला सभापतिहरू आक्रोशित भए।

उनीहरुले पौडेल समूहले महाधिवेशनका बारेमा फैलाएको हल्ला चिर्न आफूहरु काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूबीच छलफल गरेको बताए।

संस्थापन पक्षीय सभापतिहरूले आफूहरुको भेलामा २२ जना भौतिक रुपमा र १३ जना ‘भर्चुअल’ गरी ३५ जना छलफलमा सहभागी भएको दाबी गरे।

संस्थापन पक्षीय

कञ्चनपुर– हरिप्रसाद बोहरा

कैलाली– नरनारायण शाह ‘मनु’

डोटी– प्रदीप देउवा

अछाम– भरत स्वाँर

बाजुरा– कविराज पण्डित

बझाङ– हर्कजंगबहादुर सिंह

डोल्पा– अंगद बुढा

हुम्ला– जयपति रोकाय

दाङ– किर्तीबहादुर खड्का

रुकुम पूर्व– केशरमान रोका

बाग्लुङ– दिपेन्द्रबहादुर थापा

म्याग्दी– खमबहादुर गुर्वजा –खमवीर)

कपिलवस्तु– सुरेन्द्रराज आचार्य

रुपन्देही– अब्दुल रज्जाक

नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम)– विष्णु पौडेल

स्याङ्जा– कुमार राना (कार्यवाहक सभापति)

पर्सा– अजय द्विवेदी

बारा– जयचन्द्र चौरसिया

रौतहट– कृष्णप्रसाद यादव

मकवानपुर– इन्द्रबहादुर बानियाँ

ललितपुर– मदनबहादुर आमात्य

भक्तपुर– दुर्लभ थापा

सर्लाही– नागेन्द्रकुमार राय

महोत्तरी– महेन्द्रकुमार राय

धनुषा– महेश गिरी

दोलखा– रुद्रबहादुर खड्का

सिरहा– रामचन्द्र यादव

सप्तरी– दिनेश यादव

ओखलढुंगा– प्रदीपकुमार सुनुवार


रामचन्द्र पौडेल पक्षीय

इलाम– हिमालय कर्माचार्य

पाँचथर– नरेन्द्र केरुङ

संखुवासभा– दिपनकुमार श्रेष्ठ

तेह्रथुम– गोविन्द ढुंगाना

भोजपुर– नन्दमणि राई

धनकुटा– अग्निप्रसाद पौडेल

मोरङ– डिकबहादुर लिम्बू

सुनसरी– राजीव कोइराला

सोलुखुम्बु– विनोदकुमार बस्नेत

खोटाङ– नरेशकुमार श्रेष्ठ

उदयपुर– विदुर बस्नेत

रामेछाप– लवश्री न्यौपाने

सिन्धुली– उज्वलप्रसाद बराल

धादिङ– रमेश धमला

नुवाकोट– जगदिश्वरनरसिंह केसी

काठमाडौं– कृष्ण सबुज बानियाँ

काभ्रे– मधु आचार्य

सिन्धुपाल्चोक– विकास लामा

चितवन– जीतनारायण श्रेष्ठ

गोरखा– हरिबहादुर घले

मनाङ– टेकबहादुर गुरुङ

लमजुङ– भेषबहादुर पौडेल

कास्की– कृष्ण केसी

तनहुँ– बैकुण्ठनाथ न्यौपाने

गुल्मी– भुवन श्रेष्ठ

पाल्पा– वीरबहादुर राना

अर्घाखाँची– विष्णुप्रसाद खनाल ‘मुस्कान’

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)– विष्णु लामिछाने

मुस्ताङ– याङजिङ विष्ट

पर्वत– खिमप्रसाद भुषाल

रुकुम पूर्व– केशरमान रोक्का

रोल्पा– अमरसिंह पुन

सल्यान– गणेश चन्द

मुगु– खड्गबहादुर शाही

जुम्ला– दीपबहादुर शाही

कालिकोट– हर्षबहादुर बम

जाजरकोट– दीपकजंग शाह

प्युठान– अमरप्रसाद भण्डारी

दैलेख– कृष्णकुमार बिसी

सुर्खेत– कमलराज रेग्मी

बाँके– किरण कोइराला

बर्दिया– सञ्जय कुमार गौतम

दार्चुला– ललितसिंह बोहरा

बैतडी– नरेन्द्रसिंह थापा

डडेल्धुरा– कर्णबहादुर मल्ल

कृष्ण सिटौला पक्षीय

ताप्लेजुङ– लीला बोखिम

झापा– उद्धव थापा

रसुवा– पेम्बा छिरिङ तामाङ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .