ad ad

राजनीति


जर्मनीले अफगानिस्तानलाई विकास सहायता नदिने

जर्मनीले अफगानिस्तानलाई विकास सहायता नदिने

नेपालखबर
भदौ २, २०७८ बुधबार ५:२४, काठमाडौँ

जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अफगानितानमा २० वर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि यस्तो निर्णय गरिएको जर्मनीका विकासमन्त्री गर्द मुलरले जानकारी दिए।

‘परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोग केही समयका लागि निलम्बन गरिएको छ,,’ विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टसँगको अन्तरवार्तामा भनेका छन्।

अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने सबै स्थानीय विकास अधिकारी र गैर–सरकारी संस्थाका कर्मचारीलाई अफगानिस्तानबाट फिर्ता गर्नका लागि द्रुत गतिमा काम भइरहेको उनले बताए।

काबुलमा रहेका जर्मनहरूलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहेको तर स्थलगत उद्धारमा भने कठिन परिस्थितिका कारण बाधा सिर्जना भएको उनको भनाई छ। 

अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ४३० मिलियन यूरो (५०६ मिलियन अमेरिकी डलर) अफगानिस्तान पठाउने सहमति गरेको थियो।  उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सुनिश्चित गर्न र भ्रष्टाचारविरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो।

गत हप्ता बोल्दै जर्मन विदेशमन्त्री हेइको मासले अन्तर्राष्ट्रिय सहयोगबिना एसियाली मुलुक  अफगानिस्तान ‘सक्षम’ नहुने बताएका थिए।  

‘तालिबानले सत्ता पूर्ण नियन्त्रण लिएमा, शरिया कानुन लागू गरेमा र अफगानिस्तानलाई इस्लाम (क्यालिफेट) राज्य घोषणा गरेमा जर्मनीले त्यहाँ अब एक पैसा पठाउने छैन,’ मासले भने। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .