ad ad

राजनीति


युद्ध अपराधमा जेल जीवन विताउँदै आएका चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन

युद्ध अपराधमा जेल जीवन विताउँदै  आएका चाडका पूर्व राष्ट्रपति हाब्रेको सेनेगलमा निधन

नेपालखबर
भदौ ९, २०७८ बुधबार ५:३७, काठमाडौँ

युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजीवन जेल सजाय भोग्दै आएका अफ्रिकी मुलुक चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको छ। सेनेगलका न्यायमन्त्री मलिक सालले यसको पुष्टि गरेकी छन्।

‘हाब्रे भगवानको साथमा लीन हुनुभयो,’ सालले टेलिभिजन च्यानल टीएफएमसँग भनिन्। सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उहाँको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिएको छ।

सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी सङ्घ समर्थित मुद्दामा युद्ध अपराध र मानवताविरुद्ध अपराधको अभियोग लगाइएको थियो। सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ वर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भागरेका थिए।

विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निष्कर्ष उनका विरोधीहरुले निकालेका छन् । मरुभूमि क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ। 

‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित बजारको उपनगरमा शान्त जीवन बिताउँदै आएका थिए। एजेन्सी  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .