ad ad

राजनीति


एमाले बैठक आज पनि, अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

एमाले बैठक आज पनि, अध्यक्ष ओली र महासचिव पोखरेलले जवाफ दिने

नेपालखबर
असोज १०, २०७८ आइतबार ९:९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।

शुक्रबारदेखि जारी बैठक यसअघि दुई दिनका लागि भनिए पनि आजसम्म लम्बिएको हो। 

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार बैठकमा आज समूहगत छलफलबाट आएका सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने कार्यक्रम छ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संधोधन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाइएको थियो। छलफलपछि टोली नेताले आआफ्ना निष्कर्ष सुनाएका थिए।

शनिबार समूहगत सुझाव पेस गर्दागर्दै समय सकिएकाले बैठक आजसम्म लम्बिएको एमाले नेताहरूले बताएका छन्। 

‘जवाफ दिएपछि बैठक सकिन्छ’, कार्यालय सचिव तामाङले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .