ad ad

राजनीति


ओलीको तर्क : ताजा जनादेशमा जानु गलत होइन, संसद विघटनको निर्णय ठीक थियो

ओलीको तर्क : ताजा जनादेशमा जानु गलत होइन, संसद विघटनको निर्णय ठीक थियो

नेपालखबर
असोज १०, २०७८ आइतबार १६:४६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटनलाई ठीक भएका छन्। 

उक्त निर्णयलाई असंवैधानिक र गलत भएको आवाज पार्टी भित्रै उठिरहँदा जारी केन्द्रीय कमिटी बैठकमा संसद विघटनबारे उठेका प्रश्नको जवाफ दिँदे उनले यस्तो भनेका हुन्। 

संसद विघटनसम्बन्धी आफ्नो कदमको बचाउका क्रममा उनले निर्वाचनमा जाने निर्णय कहिले पनि गलत नहुने तर्क गरेका छन्।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा उनले ताजा जनादेशमा जाने कुरालाई लोकतन्त्रमा गलत ठहर्‍याउन नसकिने बताएका छन्। 

'ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन सक्दैन, मेरो कदम गलत थिएन', उनले जवाफ दिँदै भने, 'ताजा जनादेशमा जानु त लोकतन्त्रमा उचित हो। लोकतान्त्रिक अभ्यास भएकाले संसद विघटन गरिएको थियो।'

उनले आफूलाई सरकार र पार्टीबाट हटाउन तत्कालीन अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अनेक षड्यन्त्रका तानाबुना बुनेको पनि दाबी गरे। 

'सरकार र पार्टीबाट हटाउन अनेक योजना बनाइयो, षडयन्त्र गरियो', उनले भने, 'यस्तो अवस्थामा ताजा जनानेदमा जाने निर्णय भएको हो। यस्तो निर्णय हिजो, आज र भोलि पनि ठीक ठहरिनेछ। संसद विघटनको कदम सम्भावित नतिजान सोचेरै लिइएको थियो। 

ओलीले पहिलो पटक २०७७ पुस ५ गते र दोस्रो पटक गत जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेका थिए। तर उनको दुवै पटकको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ।

सर्वोच्चले पछिल्लो विघटनविरुद्ध फैसला मात्रै दिएन, ओलीलाई सत्ताबाहिरको बाटो देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा काम गर्न नै परमादेश दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .