आइसल्यान्डको आम निर्वाचनमा बहुमत महिला सांसदमा चुनिएका छन्। संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो युरोपेली देश बनेको छ।
आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसदका ६३ सिटमध्ये ३३ जना अर्थात् ५२ प्रतिशत महिला निर्वाचित भएका हुन्।
यो सन् २०१७ को भन्दा त्यहाँ ७ सिटले बढी महिला सांसदमा चुनिएका हुन्। अहिलेसम्म युरोपेली देशमा स्विडेनमा ४७ प्रतिशत सांसद महिला निर्वाचित भएका छन्।
आइसल्यान्डमा महिलाका पक्षमा कुनै पनि आरक्षण छैन। त्यसैले पनि आइसल्यान्डको यो निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ।
यसअघि रुवान्डा, क्यूबा, निकारागुआ, मेक्सिको तथा युएईमा पनि कम्तिमा ५० प्रतिशत महिला सांसद निर्वाचित भएका थिए। एजेन्सी
36
Shares
प्रतिक्रिया