राजनीति


'परमादेश लेनदेनमा भएको पुष्टि, गठबन्धन नाङ्गियो, प्रधान्यायाधीशले नैतिकता गुमाए'

'परमादेश लेनदेनमा भएको पुष्टि, गठबन्धन नाङ्गियो, प्रधान्यायाधीशले नैतिकता गुमाए'

नेपालखबर
असोज २२, २०७८ शुक्रबार १८:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मन्त्रिपरिषद्‍मा निर्दलीय व्यक्तिको सहभागिताले सर्वोच्च अदालतले गरेको परमादेश लेनदेनको आधारमा भएको पुष्टि गरेको बताएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाका भनिएका गजेन्द्र हमाल उद्योग मन्त्री बनेसँगै अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

जबराको कोटाबाट गठबन्धन सरकारले दुईजनालाई मन्त्री बनाउने चर्चा थियो। तर हमाल मात्रै मन्त्री हुन पाएका छन्। 

थापाले सांसद नै नरहेका हमाललाई मन्त्री बनाएर देउवाले निर्दलीय अभ्यास गरेको पनि दाबी गरेका छन्। 

'वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक 'निर्दलीय' व्यक्तिको सहभागिताले 'परमादेश' लेनदेनको आधारमा भएको प्रमाणित भएको छ', थापाले भनेका छन् 'न्यायपालिकाको विश्वसनीयतामा अपूरणीय क्षति भयो।'

उनले यसले कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चीरहरण भएको पनि बताएका छन्। 'यसले कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चीरहरण भएको छ', उनले भनेका छन्, 'गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनुभयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .