राजनीति


मन्त्री झाँक्रीको निर्देशनः दसैंअघि नै ब्रिफिङ सक्नु, परिणाम निकाल्ने गरि काम गर्नु

मन्त्री झाँक्रीको निर्देशनः दसैंअघि नै ब्रिफिङ सक्नु, परिणाम निकाल्ने गरि काम गर्नु

फाइल फाेटाे


नेपालखबर
असोज २२

नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। 

शुक्रबार साँझ पदभार ग्रहणपछि मन्त्री झाँक्रीले काम गरेर देखाउन निर्देशन दिएकी हुन्। कर्मचारीलाई निर्देशन दिँदै उनले मन्त्रालयको बजेट फिर्ता पठाउने अवस्था नआओस् भनिन्।

प्रत्येक कर्मचारीले आफ्नो क्षमताले सकरात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो।

मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरुलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिइन्। मन्त्रालयबारे मन्त्रीलाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्नुपर्ने उनले बताइन्।

‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ । मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ’ उनले भनिन् ।

यस्तै, मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो। उनले आयोजनामा रहेका नीतिगत समस्यालाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताएकी छन्।

असोज २२, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .