ad ad

राजनीति


संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी

संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी

नेपालखबर
असोज २६, २०७८ मंगलबार १५:३९, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन्।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी हुन्।

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उनको भनाइ थियो।

उनले भने, ‘अध्यादेश खारेज गरिएको होइन। निष्क्रिय भएको छ। संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछौँ’

हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उनले भनिन्, ‘अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौं।’

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपांगता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पु¥याउने गरी सरकारले काम गर्ने बताइन्। 
उनले भनिन्, ‘हुनेखानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ।’

सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ। 

उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ।’

विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताइन्।
 
आफूले सम्हालेको मन्त्रालयमा केही ठोस काम गर्नुपर्ने देखिएको बताउँदै उहाँले नीतिनिर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताइन्। 

फरक प्रसंगमा बोल्दै उनले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरिन्। गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उनले अब रोकिएका कामहरु सहज रुपमा अगाडि बढ्ने बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .