ad ad

राजनीति


मुगु दुर्घटनाले प्रचण्ड स्तब्ध

मुगु दुर्घटनाले प्रचण्ड स्तब्ध

नेपालखबर
असोज २७, २०७८ बुधबार १०:२७, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ जनाको ज्यान जानेगरी मंगलबार मुगुमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रचण्डले मुगुसँगै कास्की, अछामसहित देशका विभिन्न ठाउँमा दसैँको मुखमा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

बुधबार बिहान श्रद्धाञ्जली वक्तव्य जारी गर्दै प्रचण्डले सडकको दुरावस्था र सरोकारवालाले निगरानी नगर्दा दिनदिनै सवारी दुर्घटनाका घटना बढ्दै गएको बताएका छन्। 

‘विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको छ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको छ।’

उनले सवारी दुर्घटनामा दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .