प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वर्तमान सरकार लेनदेनबाट बनेको आरोप लगाएका छन्।
दसैँ मनाउन गृहजिल्ला झापा पुगेका ओलीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति व्यंग्य गरेका हुन्।
पूर्वप्रधानमन्त्री ओलीले बिहीबार झापामा आफैँले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताए।
उनले भने, ‘यो सरकार बार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो। पैसाको कारोबार भयो भएन थाहा छैन, बार्टर सिस्टमचाहिँ यसपटक देखियो।’
शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालिन उद्योगमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका थिए।
देउवाले परमादेशबाट देउवालाई लेनदेनका आधारमा प्रधानमन्त्री बनाउन आदेश दिएको भन्दै घुमाउरो पारामा प्रधानन्यायाधीश राणाको व्यंग्य गरेका थिए।
Shares
प्रतिक्रिया