ad ad

राजनीति


ओलीले भने : सरकारको गतिले 'अर्ली इलेक्सन' को सम्भावना बढ्यो

ओलीले भने : सरकारको गतिले 'अर्ली इलेक्सन' को सम्भावना बढ्यो

नेपालखबर
असोज २८, २०७८ बिहिबार २०:५, झापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको आलोचना गरेका छन्। 

बिहीबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सरकारको कडा आलोचना गरेका हुन्।

'सरकार तीन महिनामा बल्ल विस्तार भएको छ। तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ', उनले भने, 'सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ।'

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सरकारको गतिकै कारण देशमा ‘अर्ली इलेक्सन’को सम्भावनासमेत बढेको पनि दावी गरे। 

आफ्नो सरकारले विकास निर्माणमा आशलाग्दो काम गरेको दाबी उनले गरे। ओलीले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेकाले तीव्रगतिमा विकासका अघि बढाउन आग्रह गरे।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आग्रह गरे। 

उनले दसैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्‌भावमा उन्न मालाको काम गरेको बताए। ओलीले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आयोस् भनी शुभकामनासमेत दिए।

वि.सं. २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन्। 

गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले पनि बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .