ad ad

राजनीति


विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वीरजंगको निधन

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वीरजंगको निधन

नेपालखबर
असोज २९, २०७८ शुक्रबार १०:४१, काठमाडौँ

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बिरजंगको निधन


विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्र बिक्रम चन्द ‘बिरजंग’ को निधन भएको छ। 

६१ वर्षीय बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवका सहोदर दाजु हुन्। नेता चन्दको उपचारको क्रममा गएराति भारतको नयाँ दिल्लीस्थित म्याक्सीस अस्पतालमा निधन भएको नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले जानकारी दिए।

लामो समयदेखि उच्च रक्तचाप, मुटुरोग, मधुमेह र फोक्सोको समस्याबाट पीडित बिरजंगलाई केही समयअघि उपचारको लागि दिल्ली लगिएको थियो।   

जेलभित्रै रहँदा चन्दलाई मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो। प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो। 

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता बीरजंगले आफ्नो सम्पूर्ण जीवन राजनीतिमै बिताएका छन्। 

जनयुद्ध कालमा तत्कालिन नेकपा (माओवादी) को पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारीमा रहेर काम गरेका बिरजंग सरल र त्यागी नेताको रुपमा चिनिन्थे। पछिल्लो समय उनी विप्लवसँगै भूमिगत भएर आन्दोलनमा क्रियाशील थिए।

१९ महिनाको जेल जीवन बिताएर बिरजंग केही महिनाअघि मात्र अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका थिए। 

कपिलबस्तुको शिवराजगढीका स्थायी बासिन्दा बिरजंगका श्रीमती, दुई छोरा र बुहारी छन्। विरजंगको शव दिल्लीबाट आजै कपिलबस्तुस्थित घरमा ल्याउने तयारी छ। 

‘भोली (शनिबार) उहाँको पार्थिव शरीर शिवराजगढीमै श्रद्धाञ्जलीको लागि राखिने छ,’ नेता पौडेलले भने, ‘सम्भवत भोली, नभए पर्सी उहाँको शिवराजगढीमै अन्त्यष्ठि हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .