नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैं मनाएकी छन्।
राजदूत यान्छीले दूतावासमा नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्।
त्यस अवसरमा उनले नेपालीहरुलाई बडा दसैंको शुभकामना व्यक्त गरेकी छन्।
‘मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुशी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु’ उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेकी छन्।
165
Shares
प्रतिक्रिया