ad ad

राजनीति


भारतीय  सेनाको ‘नेसनल डिफेन्स कोर्स’ का प्रशिक्षार्थी नेपाल भ्रमणमा आउँदै

भारतीय  सेनाको ‘नेसनल डिफेन्स कोर्स’ का प्रशिक्षार्थी नेपाल भ्रमणमा आउँदै

नेपालखबर
असोज ३०, २०७८ शनिबार १४:५०, काठमाडौँ

भारतको नयाँ दिल्लीस्थित ‘नेसनल डिफेन्स कलेज’ मा सञ्चालित ‘नेसनल डिफेनस कोर्स–२०२१’ मा सहभागी ‘फ्याकल्टी, डिफेन्स कोर्स मेम्बर तथा स्पाउसेज सम्मिलित ३९ सदस्यीय टोली नेपाल आउँदैछ। 

‘रेयर एडमिरल धिरेन भिगको नेतृत्वमा रहेको भ्रमणदलले आज (असोज ३१ गते) देखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

भ्रमणको सिलसिलामा उक्त डेलिगेसन टिमले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने छन्। ७ दिवसीय भ्रमणको कार्यक्रम रहेको उक्त टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेक्वा पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन्।

यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागि शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको नेपाली सेनाले जनाएको छ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .