ad ad

राजनीति


मोहनविक्रमले गरे वैद्यको स्वास्थ्य लाभको कामना

मोहनविक्रमले गरे वैद्यको स्वास्थ्य लाभको कामना

नेपालखबर
असोज ३१, २०७८ आइतबार २१:४८, काठमाडौँ

नेकपा (मसाल)  का महामन्त्री मोहनविक्रम सिंहले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य लाभको कामना गरेका छन्।

मसाल महामन्त्री सिंहले आइतबार एक विज्ञप्ति प्रकाशित गरी नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव कामरेड मोहन वैद्य काठमाडौ स्थित नर्भिक हस्पिटलमा उपचारार्थ भर्ना भएको जानकारी प्राप्त भएको छ’ सिंहले भनेका छन्, ‘हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

स्वास्थ्यमा समस्या आएपछि वैद्य आइतबार काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई दमको समस्या रहेको क्रान्तिकारी माओवादीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .