ad ad

राजनीति


एमालेमा भाँडभैलो मच्चिइरहँदा एकीकृत समाजवादी भन्छ– हाम्रोमा २ महिनामै अभूतपूर्व उत्साह देखियो

एमालेमा भाँडभैलो मच्चिइरहँदा एकीकृत समाजवादी भन्छ– हाम्रोमा २ महिनामै अभूतपूर्व उत्साह देखियो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल


नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ५:५२, काठमाडौँ

दसबुँदे सहमितका विषयमा नेकपा एमालेमा भाँडभैलो भइरहँदा यसैबाट अलग भई गठित नेकपा एकीकृत समाजवादीले भने पार्टी गठनको २ महिनामै अभूतपूर्व उत्साह देखिएको दाबी गरेको छ। 

प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी आफ्नो पार्टी एकीकृत समाजावादी गठनका दुई महिनाको प्रगति विवरण सार्वजनिक गरेका हुन्। जसमा गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको दाबी गरिएको छ। 

वक्तव्यमा भनिएको छ, ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरूको स्वतःस्फूर्त सहभागिताले यो स्थिति सम्भव भएको हो।’

अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद चर्किएपछि एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले पार्टी फुटाएर आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका हुन्।

गत भदौ ८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र ४ गैरभौगोलिक जिल्ला कमिटी गठन गरेको छ। यसैलाई उसले प्रमुख उपलब्धि ठानेको छ। बेमौमसमी वर्षाले केही समस्या आए पनि पार्टीको संगठन निर्माण तीव्र रूपमा जारी रहेको पनि उसले वक्तव्यमा उल्लेख गरेको छ।

जारी वक्तव्यअनुसार एकीकृत समाजवादीले यस अवधिमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरूको जिम्मेवारी तोकेको छ।

यो पनि : ​रावलले राजीनामा दिइसक्दा एमाले भन्छ– दसबुँदे सफलतापूर्वक कार्यान्वयन भएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .