चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्।
आइतबार झापामा आयोजित कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेका हुन्।
यसअघि प्रसाईं प्रचण्डनिकट मानिन्थे। तर सर्वाेच्च अदालतको फैसलाले नेकपा भंग भएयता उनी केपी शर्मा ओलीतर्फ नजिकिएका थिए।
हालै ललितपुरको गोदावरीमा भएको एमालेको प्रथम विधान महाधिवेशनमा पनि प्रसाईं सहभागी भएका थिए। तर आज औपचारिक रूपमा उनले एमाले अपनाएका हुन्।
एकताका ओली र प्रचण्डले उनको घरमा मार्सी चामलको भात खाएको कुरा निकै चर्चामा आएको थियो।
अहिले अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेता झापाको भ्रमणमा छन्। यस क्रममा प्रसाईंलाई एमालेमा भित्र्याइएको हो।
प्रसाईं झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक हुन्।
123
Shares
प्रतिक्रिया