ad ad

राजनीति


'छोराको एकदम राम्रो योग छ, फागुनपछि फेरि प्रधानमन्त्री हुन्छ'

'छोराको एकदम राम्रो योग छ, फागुनपछि फेरि प्रधानमन्त्री हुन्छ'

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १६:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुवा मोहन ओलीले आशीर्वाद दिएका छन्। 

आइतबार झापाको भद्रपुर नगरपालिका-१ स्थित परिवारका सदस्यलाई भेट्न पुगेका ओलीलाई बुवा मोहनले फेरि प्रधानमन्त्री बन्न आशीर्वाद दिएका हुन्। 

‘केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ। मेरो आशीर्वाद पनि छ', झापास्थित घर आइपुगेका छोरालाई आशीर्वाद दिँदै उनले भने, 'प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ। फागुनपछि हुने योग छ। एकदम राम्रो योग छ। सफल होस् मेरो शुभकामना छ।’

उनले छोरासँगको भेटका क्रममा काठमाडौंमा एक्लै घुम्न नपाइने भएकाले झापामै बसेको पनि बताए। उनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने पनि बताए। 

‘म काठमाडौ जाँदिन। उता घुम्न पाइँदैन। घरभित्रै  थुनिनुपर्छ । यहाँ त घुम्न पाइन्छ', ९५ वर्षीय उनले भने, 'ओखति उपचारमा सहयोग गर्नुपर्छ। छोरासँग बेला-बेला फोनमा कुरा हुन्छ। काठमाडौं बोलाउँछ। तर, मलाई यहीँ ठीक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता त घरबाट निस्किनै पाइँदैन।' 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .