ad ad

राजनीति


'जनता मरिरहँदा प्रचण्ड जिपलाइनमा रमाउँछन्, जनयुद्ध त्यसकै लागि हो?'

'जनता मरिरहँदा प्रचण्ड जिपलाइनमा रमाउँछन्, जनयुद्ध त्यसकै लागि हो?'

झापामा आयोजित कार्यक्रम दुर्गा प्रसाईसँग नेता लेखराज भट्ट


नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १६:४१, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छविका कारण आफूले नयाँ यात्रा थालेको बताएका छन्। 

झापामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टले ओलीको राष्ट्रवादी छविकै कारण आफूले माओवादी छाडेर एमालेको राजनीति थालेको बताएका हुन्।  

भट्टले भारतद्वारा अतिक्रमित कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने आँट गरेकाले आफू ओलीसँग प्रभावित भएको बताए। 

उनले अहिलेसम्म नेपालका अर्का कुनै पनि प्रधानमन्त्री त्यस्तो आँट गर्न नसकेको भन्दै ओलीको खुलेर प्रसंशा गरे।

उनी कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खन्निए। 

भट्टले प्रचण्डको नाम एकता, संघर्ष र विध्वंस भएको बताए। 'प्रचण्डले कहिल्यै पार्टी र मुलुक बनाउन सक्दैनन्', उनले भने, ‘मान्छे मरिहेका छन्, सुदूरपश्चिम डुबानमा छ तर उहाँ जिपलाइनमा रमाइलो गरेर बसिरहनुभएको छ। जनयुद्ध त्यसैका लागि गरेको हो?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .