ad ad

राजनीति


माधव बिग्रिएका आलु, उनीबाहेक अरु सबै एमालेमा फर्किए हुन्छ : केपी ओली

माधव बिग्रिएका आलु, उनीबाहेक अरु सबै एमालेमा फर्किए हुन्छ : केपी ओली

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १७:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको आलुको संज्ञा दिएका छन्।

गृहजिल्ला झापाको बिर्तामोडमा आइतवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले नेपाललाई अपराधी पनि भनेका छन्। 

'एउटा आलु बिग्रिए सबैलाई गन्हाउने बनाउँछ। बिग्रिएको आलु बोराबाट फ्याक्नुपर्छ', उनले भने, 'माधव नेपालले पार्टी छाडेर गए। कुचाले बढार्नुपर्ने कसिंगरलाई हावाले उडायो, ठीकै भयो।'

उनले माधव नेपालबाहेक अरु सबैलाई एमालेमा फर्किन पनि आग्रह गरे। 'माधव नेपालबाहेक अरु एमालेमा फर्किए हुन्छ', उनले भने, 'तर माधव नेपाल जस्ता अपराधी तत्वलाई फेरि एमालेले लिँदैन।'

उनले एमाले भनेको भनेको देश बनाउन हिँडेकाहरुका लागि रहेको बताए। 'माधव नेपाल जस्ता व्यक्तिले देशी विदेशी प्रतिक्रियावादीको साँठगाँठमा कम्युनिष्ट आन्दोलन सक्ने काम गरे', उनले अझै भने, 'उनका लागि यो पार्टी होइन।'

उनले आगामी निर्वाचनमा एमालेले नै जित्ने दाबी गरे। 'अब एमालेले चुनाव जित्न सक्छ। अरुले जित्न सक्दैनन्। देश बनाउने संकल्प र अठोट हामीसँग छ', ओलीले थपे, 'माधव नेपालको पछि लागेर अलमलमा परेका दुई चार साथी देखेर अचम्म लाग्छ।
सबै देखिसकेपछि अझै किन पछि लागेको?

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि पछि नलाग्नन आग्रह गरे। 'माधव र प्रचण्डको पछि किन लाग्ने? सबैलाई एमालेमा सरिक हुन आग्रह गर्छु,' उनले भने, 'जनताको शासन कायम गर्नलाई एमालेमा आउनुस्। अझै धेरै साथीहरु एमालेमा आउनुस्। सुनसरीमा १४ सय प्रवेश गरेछन्। देशमा एमाले प्रवेशको लहर चलेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .