राजनीति


प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १४:३३, काठमाडौँ

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका हुन्। 

सोमबार दिउँसो बसेको प्रदेशसभामा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखकहाँ राजीनामा पत्र बुझाउँदैछन्। 

मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा थिए। तर विश्वासको मत नपाउने अवस्थामा भएपछि उनले सरकारका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिएका हुन्। 

उनले गठबन्धन दलले जसरी बदनियतपूर्वक पार्टी फुटाएर सरकारमा बस्न नसक्ने बताए। 

आचार्य हटाउन जुटेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा राखिएको थियो।

उनी गत भदौ १० गते प्रदेश १ का दोस्रो मुख्यमन्त्री बनेका थिए। आचार्यले गत कात्तिक ५ गते विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए। 

उनले गत कात्तिक ७ गते संसदमा विश्वासको मत लिने मिति तोकिएको थियो। तर, कांग्रेस र एमाले दुवै दलले संसद स्थगन गर्न माग गरेपछि विश्वासको मत लिन पाएनन्।

अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो।

विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन नसकेपछि आचार्य बाहिरिएका हुन्। 

विपक्षी गठबन्धनमा ५० सांसद छन्। जसले केन्द्रको सहमति अनुसार एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री हुन सजिलो भएको छ।

प्रदेश १ मा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकजना छन्।

अर्कातिर एक सिटसहितको राप्रपाले कसलाई सघाउने भन्ने औपचारिक निर्णय लिएको थिएन। 

प्रदेश १ मा अब गठबन्धनबाट भोजपुरबाट निर्वाचित एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। आचार्य अगाडि पनि भोजपुरकै शेरधन राई मुख्यमन्त्री थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .