राजनीति


प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १४:३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

विश्वासको मत नमिल्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री राईको सपथ मंगलबारै दिउँसो ३ बजे हुने भएको छ। राईले आफूसँगै चार दलबाट एक-एक जनालाई मन्त्रीको सपथ खुवाउने भएका छन्। तर नाममा अझै पनि विवाद रहेको छ। 

उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट एक-एक जनालाई सुरुमा मन्त्री बनाउने भएका हुन्। 

मंगलबार दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले समय दिएका थिए। तर सोमबारै ४९ जना सांसदको समर्थनसहित ५ दलीय गठबन्धन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। 

यसैबीच प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे तय गरेको सपथ ग्राहणको कार्यक्रम ३ बजेका लागि सारेको छ। गठबन्धनले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सपथ एक घण्टा पछाडि सरेको हो।

 गठबन्धन दलहरुले मुख्यमन्त्रीसँगै केही मन्त्री पठाउने गरी छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निष्कर्ष आएको छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad