आफ्नो दसौं महाधिवेशन नजिकिँदै गर्दा सर्लाहीमा नेकपा एमालेले निर्वाचित जिल्ला अध्यक्षलाई हटाएर कमिटी पुनर्गठन गरेको छ। एमालेको दसौं राष्ट्रिय महाधिवेशन मसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।
यहीबीच सर्लाहीमा पार्टीका साविक जिल्ला अध्यक्ष रेवती पन्तलाई पदबाट हटाउँदै उनको स्थानमा राजनारायण साहलाई मनोनयन गरिएकाे हाे। पन्त गत एमाले जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष थिए।
एमालेका साविक सर्लाही जिल्ला अध्यक्ष रेवती पन्त
नेकपा भंगपछि पुनःजीवित तत्कालीन एमालेमा पन्त झलनाथ खनाल–माधव नेपाल खेमामा रहेर अध्यक्ष केपी शर्मा ओलीको विरोधमा सक्रिय भएका थिए। तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि उनी एमालेमै बसेका थिए।
तर अहिले एमालेको प्रदेश २ कमिटीले उनलाई अध्यक्ष पदबाट हटाएको हो।
एमाले प्रदेश कमिटीले विज्ञप्ति जारी गरी राजनारायण साहको अध्यक्षतामा सर्लाही जिल्ला कमिटी पुनर्गठन गरिएकाे जानकारी दिएकाे हाे।
नामावली यसप्रकार छ
Shares
प्रतिक्रिया