ad ad

राजनीति


एमाले महाधिवेशन : चितवनको मुख्य राजमार्गमा सार्वजनिक गाडी दिनभर रोकिने

बजार क्षेत्रमा पनि पैदल नै हिँड्न निर्देशन
एमाले महाधिवेशन : चितवनको मुख्य राजमार्गमा सार्वजनिक गाडी दिनभर रोकिने

नेपालखबर
मंसिर ८, २०७८ बुधबार ११:५७, काठमाडौँ

नेकपा एमालेको १० औँ महाधिवेशन हुने भएपछि चितवनको नारायणगढ बजारमा चहलपहल बढ्दै गएको छ। 

नारागणगढस्थित नारायणी किनारमा शुक्रबार एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ। 

उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने तयारी एमालेले गरेको छ।

राजधानी काठमाडौं र देशभर जाने मुख्य सडक जोडिएको स्थान भएकाले महाधिवेशनका क्रममा सार्वजनिक सवारीको आवागमन प्रभावित हुने भएको छ। 

त्यही अनुसार ट्राफिक व्यवस्थापन व्यवस्थित गर्न तयारी थालिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको बताए।

बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने उनले  बताए। 

पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ। पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ।

मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजारभन्दा बाहिर आँपटारीमा रोकिने छन्।

यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ। 

महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोक्ने तयारी छ। 

महाधिवेशनका लागि सहभागीहरू दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने भएको छ।

उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ-ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने एमालेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .