ad ad

राजनीति


एकीकृत समाजवादीमा जान सक्छु, तर केपी रहँदासम्म एमालेमा जान्नँ : वामदेव गौतम

एकीकृत समाजवादीमा जान सक्छु, तर केपी रहँदासम्म एमालेमा जान्नँ : वामदेव गौतम

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार ११:५१, काठमाडौँ

नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन्। 

एमालेको १०औं राष्ट्रिय महामधिवेशन सुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै ओलीले आफूलाई नेतृत्वका लागि आग्रह गर्ने सम्भावना पनि नरहेको र आफूले पनि कम्तीमा उनी रहुन्जेल एमालेमा फर्किने कुरा नसाेचेकाे बताएका हुन्। 

बीबीसीका पत्रकारले ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ भनेर सोधेको प्रश्नमा गौतमले भनेका छन्, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नुहुन्न। त्यो चरित्रचाहिँ छैन। कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन। कसैलाई पनि उहाँले लगाएको गुन तिर्नुहुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो।’

बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमालेमा नजाने उनले बताएका हुन्। 

अन्तर्वार्ताकारले यो उमेरमा राजनीतिक जीवनमा यस्तो वियोगान्त भाेग्नुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भनेर साेच्नुभएकाे थियाे भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी खाेल्ने अथवा एकीकृत समाजवादीमा प्रवेश गर्न सम्भावना रहेकाे जवाफ दिएका हुन्। 

उनले भने, ‘पार्टी बन्न सक्छ नि कस्तो कुरा गर्नुभएको तपाईंले! जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’

एमालेमा नि भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘केपी ओली रहँदासम्म एमालेमा म जाँदैन।’  

यस क्रममा नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्नकै लागि आफूले एमालेबाट राजीनामा दिएको तर अध्यक्ष माधव नेपाल पार्टीमा जनताको बहुदलीय जनवाद समावेश गर्न तयार नभएकाले आफू रोकिएको खुलासा पनि गरेका छन्। 

‘तपाईंहरूले पार्टी निर्माण गर्नुभयो र तपाईंहरूले नीति, विचार मलाई चित्त बुझ्ने ल्याउनुभो भन्देखिन् म नेकपा एमाले परित्याग गरेर तपाईंहरूको पार्टीमा प्रवेश गर्नेछु भनेर पहिले भनेको’, गौतमले अन्तर्वार्तामा भनेका छन्, ‘तर जब उहाँहरूको घोषणापत्र र विधान हरेँ, तब त्यहाँ जनताको बहुदलीय जनवाद र माक्र्सवादी सिद्धान्त छैन। र, ध्यान नदिँदा त्यस्तो भएको हो कि भनेर म बुझ्न पनि गएँ कमरेड माधव नेपालकहाँ, तर जानाजान हटाएकै हो तपाईं आउनुभयो भने मैले पनि तपाईंलाई साथ दिन्छु फेरि ल्याउन सकिन्छ भन्ने कुरा गर्नुभो। तर मैले त्यस्तो गर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .