ad ad

राजनीति


राप्रपा अध्यक्षमा उठ्ने राजेन्द्र लिङ्देनको घोषणा, धवल शमशेरको साथ

राप्रपा अध्यक्षमा उठ्ने राजेन्द्र लिङ्देनको घोषणा, धवल शमशेरको साथ

फोटो : राजेन्द्र लिङ्देनको फेसबुक वालबाट


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १३:११, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन्। 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा अर्का पार्टीका बलिया नेता धवल शम्शेर जबराको साथ लिएर लिङ्देन अध्यक्षमा उठ्ने भएका हुन्।

बिहीबार काठमाडौंको एक होटलमा कार्यक्रम गरेर लिङ्देनले कार्यकर्ताहरूको भावना सम्बोधनका लागि अध्यक्षमा उठ्न लागेको बताएका छन्। 

उनले आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको पनि बताएका छन्।

‘आजसम्म ३१ वर्षको यात्रामा राप्रपाले सधैँ अफलताको मात्रै इतिहास बनायो। अब समयसँगै हामी परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘राप्रपाका कार्यकर्ताले २०५१ सालमा खुसी हुन पाएका थिए। त्यसबेला राप्रपा थापा र चन्द एकीकृत राप्रपाका कार्यकर्ता खुसी भएका थिए। तर त्यसयता कहिले पनि राप्रपा कार्यकर्ता रमाउन सकेनन्। राप्रपा दुब्लाउँदै गएर अब त अस्तित्व खोज्ने बेला भइसक्यो।’

यसअघि फुटेर जोडिएका पूर्वपञ्चहरुका तीनवटा पार्टी अहिले एकै ठाउँ छन्। राप्रपामा अहिले कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको भूमिकामा छन्। यीमध्ये कमल थापा अध्यक्षमा तयारी गरिरहेका छन्।

यस्तोमा धवल शमशेरसँग कमल थापाको सम्बन्ध बिग्रिएको छ। अध्यक्षमा उठ्ने तयारी गरेपछि जबरालाई थापाले पार्टीको पदाधिकारीमा समेत ल्याउन अस्वीकार गरेका थिए। 

तर अब लिङ्देन अध्यक्षमा उठ्ने भएपछि जबराले उनलाई साथ दिएर आफू महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेका छन्। पूर्वको झापाका लिङ्देन र बाँकेका राणाको मोर्चाबन्दीले थापालाई समस्यामा पार्न सक्ने अनुमान कार्यकर्ताले गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .