ad ad

राजनीति


एमाले महाधिवेशनको सबै तयारी सकियो, ४५ वटा स्वागतद्वार बनाइयो

एमाले महाधिवेशनको सबै तयारी सकियो, ४५ वटा स्वागतद्वार बनाइयो

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १३:२६, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी सकिएको छ। 

शुक्रबारदेखि तीन दिनसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले चितवनको आतिथ्य शाखा जनाएको छ। 

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण र बन्दसत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम सकिएको छ।

मङ्सिर १० उद्घाटन हुने महाधिवेशनस्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट, गैँडाको मस्कट निर्माणसहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन्।

जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताएकी छन्। 

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ। 

एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। 

महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरबाट पाँच लाख जनसहभागिता जनाउने गरी समन्वय भइरहेको रावलले बताइन्। 

एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवास व्यवस्थापन भएको भएको छ।

आवास व्यवस्थापन समितिका संयोजक एवम् संघीय सांसद कृष्णभक्त पोखरेलले महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .