ad ad

राजनीति


पदाधिकारी थपिन सक्छन्, एमालेको नेतृत्व सर्वसम्मत चयन हुन्छ : विशाल भट्टराई

पदाधिकारी थप्न ओली सकारात्मक!
पदाधिकारी थपिन सक्छन्, एमालेको नेतृत्व सर्वसम्मत चयन हुन्छ : विशाल भट्टराई

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:१८, काठमाडौँ

नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टीको दशौँ महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने बताएका छन्। 

चितवनको भरतपुरस्थित दसौँ महाधिवेशनस्थलमा नेपालखबरसँग भिडियो संवाद गर्दै भट्टराईले यस्तो बताएका हुन्। 

‘हामी केपी शर्मा ओलीको नेतृत्वमा सबैको समानुपातिक प्रतिनिधित्व हुने गरी चुस्त केन्द्रीय कमिटी बनाउँछौँ’, उनले भने, ‘अहिले सुन्दा आश्चर्य लाग्छ तर हामी सर्वसम्मत नेतृत्व चुन्छौँ। अरु दललाई पनि सन्देश दिने गरी हामी नेतृत्व छान्छौँ।’

उनले अहिले उम्मेदवारी घोषणा गरेका सबै नेताले फिर्ता लिने पनि बताए। ‘निर्वाचन आयोगमा गएर विधिपूर्वक निवेदन नदिएसम्म त्यसलाई आधिकारिक मानिँदैन’, उनले भने, ‘सर्वसम्मतिका साथ नेतृत्व चुन्ने सम्भावना अहिले पनि ९० प्रतिशत छ।
हामीले लामो समय लोकतान्त्रिक अभ्यास गरेका छौँ। एमालेले नयाँ सन्देश दिने गरी महाधिवेशन सफलतापूर्वक गर्छ।’

उनले उपाध्यक्ष भीम रावललाई पार्टी कार्यालयमा कार्यक्रम नदिएको कुरा पनि गलत भएको बताए। ‘हामीले उपाध्यक्ष भीम रावललाई त्यो प्रकृतिको पत्रकार सम्मेलन नगरौँ भनेको हो’, उनले भने, ‘हामी भीम रावललाई पनि मिलाएर लैजान्छौँ। त्यसबारेमा हामीले पार्टी अध्यक्षसँग पनि छलफल गरेका थियौँ।’

उनले पार्टीका सबै पक्षलाई मिलाउन पदाधिकारी थप्न पनि आफूहरुले सुझाव दिएको बताए। 

‘हाम्रो राष्ट्रिय महाधिवेशनले पनि विधान संशोधन गर्न सक्ने भनिएको छ,’ उनले भने,‘केही पदाधिकारी बढाएर पनि यो महाधिवेशन सर्वसम्मत गरिनुपर्छ।’

उनले यसबारेमा ओलीसँग बालकोटमा आफूहरुले एक घण्टा लामो छलफल गरेको पनि बताएका छन्। 

‘हामीले बालकोटमा एक घण्टा बसेर अध्यक्षसँग छलफल गरेका छौँ। उहाँलाई तपाईंकै सफलता हो, महानता हुन्छ भनेका छौँ’, उनले भने, ‘निकट भविष्यका तीन वटै चुनावबाट बहुमत आर्जन गर्ने गरी एमाले स्थापित हुन्छ।’

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .