ad ad

राजनीति


भारतीय सेनाद्वारा नेपाली सेनालाई पाँच वटा वर्कशप ट्रक प्रदान

भारतीय सेनाद्वारा नेपाली सेनालाई पाँच वटा वर्कशप ट्रक प्रदान

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:४०, काठमाडौँ

भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा वर्कशप ट्रक उपहारस्वरुप प्रदान गरेको छ। 

नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाले ती ट्रकहरु हस्तान्तरण गरेको हो।

भारतका रक्षा सहचारी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरे।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरूले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .