ad ad

राजनीति


महाधिवेशन उद्घाटनमा गाडी रोक्ने प्रशासनको निर्णयप्रति एमालेको आपत्ति

महाधिवेशन उद्घाटनमा गाडी रोक्ने प्रशासनको निर्णयप्रति एमालेको आपत्ति

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १६:५, काठमाडौँ

नेकपा एमाले दसौँ महाधिवेशन उद्घाटनका क्रममा शुक्रबार नारायणगढ क्षेत्रमा सार्वजनिक सवारी रोक्ने प्रशासनको निर्णयमा आपत्ति जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो महाधिवेशनस्थल नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। 

‘दुनियाँमा कहीँ 'नो भेहिकल' भन्ने हुँदैन, गाडी रोक्न पाइँदैन। सुरक्षा व्यवस्था गर्ने काम प्रशासनको हो’, उनले भने, ‘सार्वजनिक सवारी, एमालेका गाडी, साइकल सबै चल्नुपर्छ। हेभ्भी गाडी भोलि नचलुल्। तर हामीसँग सवारी साधन रोक्ने कुरा प्रशासनले गरेको छैन।’

उनले एम्बुलेन्स, दमकलसहित कुनै पनि सवारी साधन रोक्न ठीक नहुने बताए। 

एमाले महाधिवेशनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नारायणगढ क्षेत्रमा सवारीसाधन चल्न नदिने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .