ad ad

राजनीति


एमालेको महाधिवेशन उद्घाटनमा माओवादी केन्द्र पनि सहभागी

एमालेको महाधिवेशन उद्घाटनमा माओवादी केन्द्र पनि सहभागी

नारायणी किनारमा जारी एमाले महाधिवेशनको उद्घाटन समारोहको एक दृश्य। तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार १३:२३, काठमाडौँ

चितवनको सौराहास्थित नारायणी नदी किनारमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ। 

माओवादी केन्द्रका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेल सहभागी भएका हुन्। कार्यक्रमका उद्घोषक एमाले सचिव प्रदीप ज्ञवालीले केही बेरअघि उनलाई आसन ग्रहण गराएका छन्।  

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई निम्ता आएको भए पनि पार्टीमा छलफल गर्नुपर्ने बताएका थिए। 

यस क्रममा आज उद्घाटन समारोहमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड नगएर स्थायी कमिटी सदस्य पोखरेललाई पठाइएको हो। अन्य पार्टीबाट भने कार्यक्रममा पार्टी प्रमुख नै सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .