ad ad

राजनीति


एमाले महाधिवेशन : बन्दसत्र आज, यस्तो बन्नेछ नयाँ नेतृत्व

एमाले महाधिवेशन : बन्दसत्र आज, यस्तो बन्नेछ नयाँ नेतृत्व

नेपालखबर
मंसिर ११, २०७८ शनिबार ५:२७, काठमाडौँ

चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज (शनिबार) बन्दसत्र हुँदै छ।

बन्दसत्रले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ। 

त्यसका लागि केन्द्रीय कमिटी कति सदस्यीय बनाउने, कुन कुन संरचना कायम गर्ने तथा पदाधिकारीको संख्या कति हुने भन्ने निर्णय हिजै शुक्रबार मध्यराति बसेको एमाले केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ। यस्तै पदाधिकारी संख्या १९ पुर्‍याइएको छ।

बैठकको निर्णयानुसार अब एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १९ जना रहनेछन्। 

यस्तै पोलिटब्युरो ९९ र स्थायी कमिटी ४५ सदस्यीय बनाउने निर्णय भएको छ। 

कार्यालय सचिव तामाङका अनुसार बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेकाे छ। निर्णय अनुमोदनका लागि आज हुने

तर केन्द्रीय कमिटीले निर्णय गरेजस्तै नयाँ नेतृत्व सर्वसम्मत चयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ। किनभने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा उपाध्यक्ष भीम रावलले फिर्ता लिएको कुरा सार्वजनिक भइसकेको छैन।बन्दसत्रमा पेस गरिनेछ।

एमालेमा अब

अध्यक्ष-१ जना

वरिष्ठ उपाध्यक्ष-१ जना

उपाध्यक्ष-६ जना

महासचिव-१ जना

उपमहासचिव-३ जना

सचिव-७ जना

केन्द्रीय कमिटी ३०१ सदस्यीय

अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय

हिजो शुक्रबार चितवनको सौराहास्थित नारायणी नदी किनारमा उद्घाटन सत्र सकेको एमालेले आज बन्दसत्र आयोजना गरी नयाँ नेतृत्व चयन गर्ने भएको हो।  

यो पनि : ​एमालेले थप्यो ४ पदाधिकारी, केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, पोलिटब्युरो पनि ब्युँतियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .