ad ad

राजनीति


एमाले महाधिवेशनको बन्द सत्रः भित्र ओली सम्बोधन गर्दै, बाहिर भीम रावल भोट माग्दै

एमाले महाधिवेशनको बन्द सत्रः भित्र ओली सम्बोधन गर्दै, बाहिर भीम रावल भोट माग्दै

अध्यक्षका लागि भोट माग्ने क्रममा भीम रावल। तस्बिर : विक्रम राई


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १८:५०, काठमाडौँ

चितवनको सौराहामा आयोजित नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले बन्द सत्र जारी छ। भित्र अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सम्बोधन गरिरहँदा बाहिर भने भीम रावल महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अध्यक्ष पदमा जिताउन भन्दै मत मागिरहेका छन्।

प्रतिनिधिहरूसँग दुई हात जोड्दै रावल भनिरहेका छन्, ‘मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु, तपाईंहरूले मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास छ।’ 

यो पनिसहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल

एमालेको नयाँ नेतृत्वको चयन प्रक्रिया अझै सुरु हुन सकेको छैन। सर्वसम्मति जुटाउने प्रयास जारी छ, तर रावलले निर्वाचन प्रक्रिया सुरु नहुँदै आफूलाई भोट माग्न सुरु गरेका हुन्। 

अध्यक्ष केपी ओलीले निर्विकल्प अध्यक्ष बन्न खोजिरहेका बेला रावलले उनलाई चुनौती दिइरहेका छन्।  

उनी ओलीको सम्बोधन अवधिभर मत माग्नै व्यस्त रहे। प्रतिनिधिलाई आफ्नो उम्मेदवारी किन भन्ने जानकारी दिइरहेका थिए।

शुक्रबार मध्यराति बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी पदाधिकारी थप्ने तथा केन्द्रीय समिति विस्तार गर्ने प्रस्ताव गरेकाे छ भने पाेलिटब्युराे पनि ब्युँताइएकाे छ। 

तर पनि एमालेको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम हुँदै गएको लक्षण रावलको उम्मेदवारी प्रचारले देखाइरहेकाे छ।

नवौँ महाधिवेशनमा तेस्रो बढी लोकप्रिय मत ल्याएर रावल उपाध्यक्ष पदमा विजयी भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .