नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन्।
उनले ७९१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए। अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन्।
उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन्।
दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको हो। दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए।
तर, महाधिवेशन प्रतिनिधि भने पौडेल समूहका कम्तिमा ४० जना रहेका छन्।
27
Shares
प्रतिक्रिया