ad ad

राजनीति


भीम रावल र घनश्याम भुसालको जहिले आलोचना गर्ने खगेन्द्र संग्रौलाले यसपटक गरे प्रशंसा

भीम रावल र घनश्याम भुसालको जहिले आलोचना गर्ने खगेन्द्र संग्रौलाले यसपटक गरे प्रशंसा

नेपालखबर
मंसिर १२, २०७८ आइतबार २१:१, काठमाडौँ

नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका नेताहरू भीम रावल र घनश्याम भुसालको प्रशंसा गरेका छन्। 

यसअघि रावल र भुसालको कडा आलोचना गर्ने लेखक संग्रौलाले यी दुई नेताले चितवनमा जारी एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा ‘सर्वसम्मत’ नयाँ नेतृत्व चयनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि यसपटक रावल र भुसालप्रति सम्मान प्रकट गरेका हुन्। 

उनले एमालेको महाधिवेशनमा ‘रावल र भुसालबाहेक’ १० बुँदेवाला अरू नेता ओलीको चाकरीमा लागेको बताएका हुन्। 

‘सौराहामा महाधिवेशनबाट नवोदित महाराज ओली सिंहासनमा, भुसाल र रावलबाहेक बाँकी १० बुँदे कमरेडहरू, माओवादीबाट पतीत कमरेडहरू र अन्य पदाकांक्षी कमरेडहरू महाराजको चाकरीमा’, संग्रौलाले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो एमाले महाधिवेशन माने चाकरीको महाधिवेशन,गुलामीको महाधिवेशन, पतनको महाधिवेशन, लज्जाहीनताको महाधिवेशन। तोइट्!’

–​एमाले महाधिवेशन: भीम रावल र घनश्याम भुसालविरुद्ध खगेन्द्र संग्रौलाको कडा कटाक्ष

–​उपाध्यक्षमा उठ्ने घोषणा गरेपछि घनश्याम भुसाललाई खगेन्द्र संग्रौलाले भने : कठै!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .