एमाले नेता कोमल वलीले चितवनमा जारी एमाले महाधिवेशनको बन्दसत्रका क्रममा आफूप्रति षडयन्त्र भएको बताएकी छन्।
आफू अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिबद्ध हुँदाहुँदै पनि हिँड्दाहिँड्दै पर्चा दिएर षडयन्त्रपूर्वक तरिकारले तस्बिर खिचिएको उनले बताएकी छन्।
तर पर्चा कसले दियो र तस्बिर कसले खिच्यो, खुलाएकी छैनन्।
तथापि ओलीलाई टक्कर दिँदै पर्चासमेत बाँडेर अध्यक्ष पदमा मत मागिरहेका भीम रावलकै प्रसंग हुनुपर्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ।
‘हिँड्दाहिँड्दै पर्चा दिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु’, कोमल वलीले आइतबार राति सामाजिक सञ्जालमा लेखेकी छने्, ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यूप्रतिको अभेद्य दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन, फोहोरी खेल नखेल्न अनुरोध।’
Shares
प्रतिक्रिया