ad ad

राजनीति


कांग्रेस मोरङको सभापतिमा आवश्यक मत कसैले पाएनन्, पुनः मतदानको तयारी

कांग्रेस मोरङको सभापतिमा आवश्यक मत कसैले पाएनन्, पुनः मतदानको तयारी

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ९:५, काठमाडौँ

नेपाली कांग्रेस मोरङको सभापति पदको लागि पुनः मतदान हुने भएको छ। 

सभापतिका तीनजना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको बहुमत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो।

कांग्रेस मोरङको सपभाति पदको लागि भएको निर्वाचनमा जम्मा तीन हजार तीन सय ६० मत खसेको थियो।  

जसमध्ये सभापतिका उम्मेदबार डिगबहादुर लिम्बूले एक हजार पाँच सय ४४ मत प्राप्त गरे भने दिलिप गच्छदारले एक हजार एक सय ६६ र यदु कुमार बिष्टले पाँच सय ६३ मत प्राप्त गरेका छन्।

कांग्रेस विधानमा पहिलो चरणको निर्वाचनमा उम्मेदबारले खसेको मतको स्पष्ट बहुमत प्राप्त नगरे सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदबारबी पुनः मतदात हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .