सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी छिन्।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उनले महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्। उनी खुला महिलातर्फको उम्मेदवार थिइन्। महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा उनले खसेकोभन्दा सबैभन्दा धेरै ४०९ मत ल्याएकी हुन्।
पछिल्लो समय देशभर तल्लो तहबाट युवा नेतृत्व छानिने क्रम चलिरहेको समयमा पुरीले पनि जित हात पारेकी हुन्। पुरी कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्ककी सदस्य पनि हुन्।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं.२ बाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
126
Shares
प्रतिक्रिया