ad ad

राजनीति


एमाले महाधिवेशन : निर्वाचन अनिश्चित, घनश्याम भुसालसहितलाई समेट्न फेरि छलफल

एमाले महाधिवेशन : निर्वाचन अनिश्चित, घनश्याम भुसालसहितलाई समेट्न फेरि छलफल

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १३:८, चितवन

चितवनको सौराहामा जारी तीन दिनदेखि जारी नेकपा एमालेको दसौँ महाधिवेशनको बन्द सत्रमा निर्वाचन अनिश्चित भएको छ।

पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले फेरि छलफल थालेका हुन्। 

पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे छलफल भइरहेको नेताहरुले जनाएका छन।

पदाधिकारीमा नअटाएपछि भुसालले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। उता कोरोना संक्रमण भएर सौराहामै आइसोलेसनमा बसिरहेका आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको सूची वाचन गरेका थिए।

त्यसमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालसहितले आपत्ति जनाएका थिए।

त्यसपछि सहमति नभएका पदमा राति नै निर्वाचन प्रक्रिया सुरु गरेर मतदाता नामावली पनि प्रकाशित गरिएको थियो।

ओलीले सहमतिको सूची सार्वजनिक गरे पनि एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिइसकेका छन्।

त्यस्तै ओलीको पदाधिकारी सूचीमा नअटाएका नवौँ महाधिवेशनका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य अटेका छैनन्।

बरु नवौँ महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाललाई ओलीले उपमहासचिव बनाएका छन्।

अन्य नेताहरुले पनि उपाध्यक्ष र सचिवमा दाबेदारी पेश गरेका छन्। एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित निर्विरोध भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .