ad ad

राजनीति


‘बा’को पछि लाग्दा घनश्याम र योगेशहरूको राजनीति धरापमा : पञ्चा सिंह

‘बा’को पछि लाग्दा घनश्याम र योगेशहरूको राजनीति धरापमा : पञ्चा सिंह

सोमबार इलामको कार्यक्रममा पञ्चा सिंह।


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १८:१९, इलाम

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराइहरूको  राजनीति संकटमा परेको टिप्पणी गरेकी छन्। 

इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस अखिल (क्रान्तिकारी) समितिले सोमबार आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको  बृहत् स्वागत तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले चितवनमा जारी एमालेको दसौं महाधिवेशनको आलोचना गरेकी हुन्। 

समाजले आशा गरेका नेताहरू केपी ओलीको पछि लाग्दा ओलीसँगै उनीहरूको राजनीतिसमेत समेत जोखिममा परेको उनले बताइन्। 

केन्द्र सरकार ढालेर ओलीलाई बालकोट र एमाले नेतृत्वमा रहेका प्रदेश सरकारहरू ढालेर साना ओलीहरूलाई पनि घर फिर्ता पठाइसकिएको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचनपछि देशभरका वडा र पालिकाबाट साना ओलीहरू बिदा हुने दाबी गरिन्। 

‘आउने  स्थानीय तहको निर्वाचनपछि देशभरका पालिका र वडाहरूबाट भुरे टाकुरे ओलीहरूलाई समेत बिदा गरेर एमालेमुक्त मुलुक निर्माण गरिनेछ’, नेता सिंहले भनिन्, ‘अहिले समाजले आशा गरेका केही एमाले नेताहरू समेतको राजनीति नाटकीय ढंगले धरापमा परिरहेको छ।’

अगाडि भनिन्, ‘आज ‘बा’कै पछि लाग्दा घनश्याम र योगेशहरूको राजनीति संकटतर्फ धकेलिएको छ।’ 

नेकपा एमालेका कार्यकर्ताले अध्यक्ष केपी ओलीलाई ‘बा’ सम्बोधन गर्ने गरेका छन्। 

एमालेमा लामो समय तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहेका घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावललगायत १० नेता पार्टी विभाजनतर्फ नलागी एमालेमै बसेका हुन्। माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा नगएर ओलीकै पछि लाग्दा अहिले उनीहरू पेलाइमा परेको धेरैले टिप्पणी गर्ने गरेका छन्।  

यो पनिभीम रावल भन्छन् : जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .