ad ad

राजनीति


ओलीले अब सक्नुहुन्न, हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ : भीम रावल

ओलीले अब सक्नुहुन्न, हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ : भीम रावल

महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै भीम रावल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १८:२६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी हाँक्न नसक्ने बताएका छन्।

पार्टीमा गम्भीर संकट आइरहेको बताउँदै रावलले त्यही संकटबाट जोगाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

उनले अहिले पनि एमालेमा जनलहर रहेको बताउँदै त्यसलाई बचाइराख्न आफू अध्यक्षमा उठ्न तयार रहेको पनि बताएका छन्। 

उनले बुटवल र चितवनसहितका स्थानमा देखिएको जनलहरले एमाले नै देशको पहिलो शक्ति भएको बताउँदै अब ओलीले हाँक्न नसक्ने पनि उनले बताए।

'पार्टीलाई बलियो बनाएर अघि बढाउन पनि नेतृत्वमा आउन खोजेको हुँ', उनले भने, 'प्रतिनिधिहरुले मलाई विश्वास दिएर जिताउनु हुने विश्वास छ। अब ओलीले पार्टी चलाउन सक्नुहुन्न, उहाँले हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ।'

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .